राजनीति

नागरिक लगानी कोषको कार्यप्रगति र योजनाबारे प्रस्तुतीकरण गर्न अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले नागरिक लगानी कोषको हालसम्मको कार्यप्रगति, संस्थागत अवस्था, चुनौती र आगामी योजनाबारे प्रस्तुतीकरण गर्न कोषका प्रशासकीय कार्यकारी अधिकृतलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकमा नागरिक लगानी कोष ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको थियो । छलफलका क्रममा कोषका कामकारबाही, उपलब्धि, वर्तमान अवस्था, समस्या तथा आगामी योजनाबारे जानकारी लिने निर्णय भएको हो ।

समिति सभापति डा कृष्णहरि बुढाथोकीले कोषका प्रशासकीय कार्यकारी अधिकृतलाई यी विषयमा विस्तृत प्रस्तुतीकरण गर्न निर्देशन दिनुभएको छ । समितिको निर्णयअनुसार उहाँले बिहीबार बस्ने समितिको बैठकमा प्रस्तुतीकरण गर्नुहुनेछ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.