राजनीति

मन्त्रीद्वय निशा र सीता जेनजी आन्दोलनका घाइते शान्तनुलाई भेट्न अस्पतालमा

जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको उपचार तथा पुनःस्थापनाबारे जानकारी लिन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ ।

मन्त्रीहरूले अस्पतालमा उपचाररत ढकालको स्वास्थ्य अवस्था, उपचारको प्रगति र आगामी उपचारका आवश्यकताबारे जानकारी लिनुभएको थियो । उहाँहरूले शान्तनुका बुबासँग भेटी उपचारका क्रममा परिवारले भोग्नुपरेका समस्या र आवश्यकताबारे समेत जानकारी लिनुभएको थियो ।

सो अवसरमा मन्त्री बादीले शान्तनुको उपचारसँगै उपचारपछिको पुनःस्थापना र परिवारको भविष्यलाई समेत सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले परिवारको रोजगारी, शिक्षाको निरन्तरता र अन्य आधारभूत आवश्यकताका विषयमा मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री मेहताले उपचारका क्रममा आवश्यक पर्न सक्ने थप शल्यक्रिया र अन्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य मन्त्रालयले सहयोग तथा समन्वय गर्ने बताउनुभयो ।

मन्त्रीद्वयले शान्तनुको उपचारपछि सम्मानजनक जीवनयापन र सामाजिक पुनःस्थापनाका लागि पनि सम्बन्धित निकायबीच समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.