स्वास्थ्य

आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

पाँचथरको फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन् ।

आँखा शिविर

बिहीबार सम्पन्न त्रिदिवसीय शिविरमा १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । साथै ५५८ जनालाई निःशुल्क चस्मा वितरण गरिनुका साथै अन्य बिरामीलाई आवश्यकताअनुसार औषधि वितरण गरिएको फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

पाँचथरसहित पूर्वी पहाडी जिल्लाहरुमा आँखाको उपचार गर्ने सुविधायुक्त अस्पताल नभएकाले शिविर सञ्चालन गएिको उहाँले बताउनुभयो । शिविर नेत्र विशेषज्ञसहितको १८ जनाको टोलीले सञ्चालन गरेको हो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.