राजनीति

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गत चैत १३ गते गठित मन्त्रिपरिषद्मा मर्यादाक्रममा हेरफेर गरिएको हो ।

मन्त्रीहरुको कार्यविभाजन यथावत रहे पनि मर्यादाक्रममा हेरफेर गरिएको जनाइएको छ । हेरफेर भएको मर्यादाक्रमअनुसार प्रधानमन्त्री शाहपछि वरिष्ठताका आधारमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले रहनुभएको छ ।

त्यसैगरी कानून मन्त्री सोविता गौतम तेश्रो बरियतामा पर्नुभएको छ भने परराष्ट्रमन्त्री शिशिर खनाल चौंथो तथा उर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौ नम्बरमा हुनुहुन्छ । त्यस्तै गृहमन्त्री सुधन गुरुङको छैटौं बरियतामा रहँदा सुनिल लम्साल सातौं, महावीर पुन आठौँ, सीता बादी नवौं र प्रतिभा रावल दशौँ नम्बरमा रहनुहुन्छ ।

यस्तो छ नयाँ मर्यादाक्रम :

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.