जन सरोकार

ल्याण्डमार्क सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद

दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा २०७५ माघ ७ गते १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्काका मुख्य अभियुक्त शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेललाई पाँच वर्ष कैद सजाय सुनाइएको छ ।

सोमबार उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र रु सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले काठमाडौँ जिल्ला अदालतले गरेको फैसला सदर गर्दै उक्त फैसला सुनाएको हो । काठमाडौँ जिल्ला अदालतले २०७६ कात्तिक २७ गते उक्त फैसला गरेको थियो ।

ल्याण्डमार्क सामूहिक बलात्कार काण्ड- यस्तो छ घटना विवरण

उक्त घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले २०७६ कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद हुने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

उक्त घटनामा संलग्न तीनजना अभियुक्तलाई जनही १४ महिनाको कैद गर्ने फैसला सुनाइएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध २०७७ साल भदौ २५ गते उच्च अदालतमा पुनरावेदन दर्ता भएको थियो । सोही मुद्दाको सुनुवाइपछि उच्च अदालतले जिल्लाकै सदर गर्ने फैसला गरेको हो ।

सम्बन्धित खबर

Back to top button