राजनीति

प्रलोपाद्वारा तीन सदस्सीय निर्वाचन परिचालन समिति गठन

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको पार्टीको अध्यक्ष परिषद् बैठकले निर्वाचन परिचालनसहित वार्ता संवादसहित विभिन्न तीन समिति गठन गरेको हो ।

प्रलोपाद्वारा तीन सदस्सीय निर्वाचन परिचालन समिति गठन

अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोवका अनुसार बैठकले जगप्रसाद शर्माको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । सो समितिको सदस्यमा कृष्णप्रसाद शर्मा, जेकेन्द्र श्रेष्ठ, जयराम वाग्ले र रुकसाना कपाली हुनुहुन्छ ।

निर्वाचन परिचालन तथा वार्ता समितिको संयोजकमा जनार्दन शर्मा र सदस्यमा सन्तोष परियार, ओजस्वी भट्टराई र मानुषी यमी भट्टराई हुनुहुन्छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीको आगामी केन्द्रीय समितिको बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा राम कार्कीलाई तोकिएको छ, यो समितिको सदस्यमा सन्तोष परियार, डा जनक शाह र मोनिका निरौलालाई तोकिएको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.