जन सरोकार
प्रहरी असईले गरे चारमहिने छोराको हत्या
नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । उनले आफ्नै डेरामा ब्रेन ट्युमरका बिरामी नाबालक छोराको हत्या गरेका हुन् ।
आफ्नी प्रहरी जवान श्रीमतीसहित सिनामंगलमा बस्दै आएका असई पुष्कर कार्कीले आइतबार दिउँसो छोराको हत्या गरी भाग्दै गर्दा नागढुंगामा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार कार्कीलार्य परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग पुष्करको विवाद भएपछि कार्कीले छोराको हत्या गरेको प्रहरीले बताएको छ ।
कार्कीले छोराको हत्या पश्चात् श्रीमतीलाई समेत कुटपिट गरेर घाइते बनाएका थिए । घाइतेको उपचारका लागि महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।





प्रतिक्रिया राख्नुहोस्