अर्थकृषि

आरुबारीका युवाहरु समूह बनाएर च्याउखेतीमा

‘माटोमै छ सबै कुरा’ भन्ने नाराका साथ काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीका युवाहरु समूह बनाएर च्याउ खेतीमा सक्रिय भएका छन् ।

नेपाल सक्रिय तथा सिर्जनशील युवा समूह नामक संस्थामार्फत युवाहरुले कञ्चाजंगा च्याउ फार्म स्थापना गरी सामूहिक च्याउखेती आरम्भ गरेका हुन् ।

फार्मको मंसिर २२ गते सोमबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले एक औपचारिक समारोहकाबीच उद्घाटन गर्नुभयो ।

समूहका अध्यक्ष रोशन खड्काको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख रिसालले गोकर्णेश्वर नगरपालिकाले कृषिलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले कृषिलाई व्यावसायिकरण गर्न नगरपालिकाले आवश्यक तालिम लगायतका पक्षहरुमा सघाउँदै आएको बताउँदै सो समूहलाई पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

समाजसेवी राजेश दाहालले संचालन गर्नुभएको कार्यक्रममा सभापतिको आशनबाट अध्यक्ष खड्काले युवाहरुलाई कृषि क्षेत्र पनि व्यवसाय बन्नसक्छ भन्ने अनुभूति दिलाउन आफूहरुले यो पहल गरेको र आगामी दिनमा अरु रचनात्मक काम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.