उत्तरी जापानको प्रशान्त तटीय क्षेत्रमा पुन: ठूलो भूकम्प र सुनामीको जोखिम, सचेत रहन आग्रह
सोमबार राति जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । त्यस्तै प्रशान्त तटीय क्षेत्रमा ठूलो भूकम्पको उच्च जोखिमको चेतावनी दिएको छ ।
मानिसहरूलाई निकासी मार्गहरू जाँच गर्न, आपतकालीन किटहरू तयार गर्न, घरका फर्निचरहरू सुरक्षित गर्न र ब्याकअप खाना, पानी र पोर्टेबल शौचालयहरू सुनिश्चित गर्न आग्रह गरिरहेका छन्।
सोमबार स्थानीय समय अनुसार राति ११ बजेर १५ मिनेटमा ७.६ म्याग्निच्युडको भूकम्प गएको र यसका कारण तटीइ क्षेत्रमा सुनामीका छालहरू आउनसक्ने जापानी मौसम विज्ञान निकाय (जेएमए) ले जनाएको छ ।
जेएमएका अनुसार भूकम्पको केन्द्रविन्दु ४१.० डिग्री उत्तरी अक्षांश र १४२.३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । जेएमएले होक्काइडोदेखि चिबासम्मको प्रशान्त तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ ।
तटीय क्षेत्रमा तीन मिटरसम्म छालहरू आउनसक्ने पूर्वानुमान जेएमएले गरेको छ । उक्त क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसारको सावधानी अपनाउन निर्देशन प्रशासनले दिएको छ।
शक्तिशाली भूकम्पपछि मियागी र फुकुशिमा प्रान्तहरूमा पनि सुनामीको प्रभाव पर्न सक्ने सूचना प्रशासनले जारी गरेको छ। सन् २०२२ मा यो श्रेणीको चेतावनी ल्याइएपछि यो पहिलो हो।





प्रतिक्रिया राख्नुहोस्