अध्यक्ष ओली आयोगमा बयान दिन जानुपर्छ : ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगमा गएर अध्यक्ष केपी शर्मा ओली बयान दिनुपर्ने बताउनुभएको छ । बुधबार राजधानीमा पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै पोखरेलले यस्तो बताउनुभएको हो ।
उहाँले आफू ओलीको ठाउँमा भएको भए बोलाउनुभन्दा अघि नै गएर बयान दिने पनि उल्लेख गर्नुभयो । पोखरेलले भन्नुभयो , ’त्यो आयोगमा बयान दिन जाने कुरा स्वाभाविक हो। म भएको भए अझै अगाडि नै गएर बयान दिन जाने थिएँ। त्यसको अवज्ञाले राम्रो गर्दैन ।’
पोखरेलले सरकारले बनाएको आयोगसँग केही कुरामा असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्न भने जानुपर्नेमा जोड दिए। त्यस्तै उहाँले उनले ओलीले आयोगले भनेको कुरा नमान्नुले राम्रो नगर्ने बताउनुभयो ।
’आयोगको अध्यक्ष जसलाई बनाइयो, उहाँले जसरी आफूलाई मान्यताको रूपमा उभ्याउनुभयो, त्यसमा प्रश्न पनि छ। तर, आयोगमा बयान दिन जाने, लागेको कुरा र तथ्यहरू प्रस्तुत गर्न जानुपर्छ र हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ,’ उहाँले भन्नुभयो ।
यसैगरी उहाँले भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभयो ।





प्रतिक्रिया राख्नुहोस्