क्रिकेटखेल

एनपिएलमा रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर

नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उनले शनिबारको फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिएका हुन् । योसँगै रोहित जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् ।

यसअघि काठमाडौँ गोर्खाजका शाहव आलमले यो सिजनमा पहिलो ह्याट्रिक गरेका थिए । पोखरा एभेञ्जर्सविरूद्ध ह्याट्रिकसहित छ विकेट लिँदै उनले रेकर्ड बनाएका थिए । शाहव एकै खेलमा छ विकेट लिने पहिलो बलरसमेत बनेका थिए ।

यसअघि चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा पाँच विकेट लिएका थिए । यस्तै एकै खेलमा चार विकेट लिने खेलाडीहरूमा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी, सुदूरपश्चिमकै अविनाश बोहरा, विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने, पोखरा एभेञ्जर्सका विपीन खत्री, चितवन राइनोजका सोहेल तनभिर र पोखराका धनन्जय लक्षन रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.