राजनीति

एमाले नेता गौतमद्वारा उपमहासचिव पदको उम्मेदवारी फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवार बन्नुभएका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका नेता गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै उम्मदवारी फिर्ता लिनुभएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको समूहमा नपरेपछि उहाँले उपमहासचिव पदका लागि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दिनुभएको थियो ।

खुला केन्द्रीय सदस्य पदका लागि दिएको उहाँको उम्मेदवारी भने कायमै छ । एमालेको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आज निर्वाचन हुँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.