इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १९औँ संस्करणको अष्ट्रेलियाका क्यामरन ग्रिन २५ करोड २० लाख भारतीय रुपैयाँमा बिक्री भएका छन् । मंगलबार युएईको अबुधाबी माभएको मिनी अक्सनमा २५ करोड २० लाख भारतीय रुपैयाँमा बिक्री भएका हुन् ।
उनलाई कोलकात्ता नाइट राइडर्सले किनेको हो । यससँगै ग्रिनले आइपिएल इतिहासको सबैभन्दा महँगो विदेशी खेलाडी बन्दै अष्ट्रेलियाकै मिचेल स्टार्कको रेकर्ड तोडेका छन् ।
सन् २०२४ मा कोलकाताले नै स्टार्कलाई २४ करोड ७५ लाख रुपैयाँमा किनेको थियो ।





प्रतिक्रिया राख्नुहोस्