विश्व समाचार

सार्कोजीको ‘डायरी अफ अ प्रिजनर’ एक हप्तामा एक लाख विक्री

फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीमाथि कानुनी जटिलता बढ्दै गएको बताइए पनि गत साता उहाँ सबैभन्दा बढी बिक्री हुने लेखकको रूपमा स्थापित हुनुभएको छ।

हालैको जेल अनुभवको बारेमा हतारमा लेखिएको सार्कोजीको ‘डायरी अफ अ प्रिजनर’ (एक कैदीको डायरी) पुस्तकले एक हप्ताभन्दा कम समयमा एक लाखभन्दा बढी प्रति बिक्री भएको यसको प्रकाशकले बताएको छ ।

पूर्वराष्ट्रपति सार्कोजी उमेरका हिसाबले ७० वर्षको हुनुभएको छ । उहाँले अक्टोबर–नोभेम्बरमा आफ्नो तीन हप्ताको जेल जीवनको अनुभवलाई उक्त पुस्तकमा उतारिएको छ।

उहाँ अहिले उत्साही प्रशंसकहरूलाई स्वागत गर्न राष्ट्रव्यापी भ्रमणमा रहनुभएको छ । “ बजार अनुसन्धान समूह निल्सन आईक्यू जीएफकेको बिक्री तथ्याङ्कलाई उद्धृत गद प्रकाशन गृह फयार्डले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ, “‘डायरी अफ अ प्रिजनर’ पुस्तक पसलहरूमा विक्रीका लागि खुला गरिएको केही दिनमै अभूतपूर्व सङ्ख्यामा अर्थात् ९८ हजार ६१० प्रति बिक्रि भएको छ !”

कुल २१६ पृष्ठको पुस्तकमा जेलको कोलाहलमा सार्कोजीको बसाई र जेलमा दिइने कम गुणस्तरको खानाको साथ सांसारिक संघर्षको वर्णन गरिएको छ । यसको उद्देश्य फ्रान्सेली जेलको यथार्थ चित्रणका साथै समसामयिक राजनीतिक सङ्घर्षका बारेमा पनि सन्देश दिनु रहेको विश्लेषकहरूले बताएका छन् ।

दक्षिणपन्थी रिपब्लिकन पार्टीका पूर्वप्रमुख सार्कोजीले पुस्तकमा उग्र दक्षिणपन्थी नेता मरिन ले पेनसँगको कुराकानीको खुलासा गर्दै परम्परागत दक्षिणपन्थी पार्टी र ले पेनको आप्रवासन विरोधी पार्टीबीच सम्भावित गठबन्धनको सङ्केत गर्नुभएको छ।

उहाँले गठबन्धनको सङ्केत गर्दै पुस्तकमा लेख्नुहुन्छ, “अधिकारको पुनर्निर्माणको बाटो एकताको व्यापक सम्भावित भावनाको साथ बहिष्करण बिना र अभिशाप बिनामात्र सम्भव छ,।”

सार्कोजीलाई सन् २००७ मा लिबियाली तानाशाह मोहमर गद्दाफीसँग सन् २००७ मा राष्ट्रपति निर्वाचित भएको अभियानका लागि अवैध आर्थिक सहयोग मागेको आरोपमा सेप्टेम्बरमा दोषी ठहर गरिएको थियो।

उहाँलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो तर एक न्यायाधीशले उहाँलाई सर्तसहित रिहा गर्न आदेश दिएपछि २० दिन मात्र जेल जीवनपछि पेरिसको ‘ला सान्टे’ जेलबाट उहाँलाई रिहा गरिएको थियो ।

उहाँलाई अवैध आर्थिक सहयोग मागेको आरोपबाहेक अन्य दुई मुद्दाहरूमा दोषी ठहराइएको छ । लिबियाको चुनावी अभियानको आर्थिक सहयोग मुद्दामा एक प्रमुख अभियोजन साक्षीलाई घुस दिन खोजेको अभियोगमा अर्को सम्भावित मुद्दा उहाँ र उहाँकी पत्नी कार्ला ब्रुनीमाथि लगाइएको छ ।

यद्यपि, पूर्वराष्ट्रपति र पत्नी ब्रुनीले सबै मुद्दाको खण्डन गर्दै आउनुभएको छ । सार्कोजी सत्तामा आफ्नो एक सफल कार्यकालदेखि फ्रान्सेली एक दक्षिणपन्थी प्रभावशाली राजनीतिक खेलाडी र संस्मरण र पुस्तकहरूको एक विपुल लेखक बन्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.