राजनीति

मिटरब्याज पीडितसंग चार बुँदे सहमति, आन्दोलन स्थगित हुने

मेची-महाकालीदेखि काठमाडौं आएर आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएको छ । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडित निरन्तर आन्दोलनमा थिए।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा आइतबार र सोमबार गृह मन्त्रालयमा भएको वार्ता सहमतिमा टुंगिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको जानकारी गृहमन्त्रीको सचिवालयले दिएको छ ।

पीडितलाई यसबारमा जानकारी गराउन र सहमति कार्यान्वयनको प्रतिबद्धता जनाउन गृहमन्त्री लामिछाने मिटरब्याज पीडित बसिरहेको स्थान भृकुटीमण्डप जानुभएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितलाई आइतबार सिंहदरबारमा बोलाएर आफैंले उनीहरुको कुरा सुनेपछि पीडितसँग सहमति गर्न सरकार हदैसम्म लचक बन्न तयार रहेको बताउनुभएको थियो ।

मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए ।

सहमतिपछि गृहमन्त्री लामिछानेले लामो समय यात्रा गरेर काठमाडौंसम्म आउनुपर्ने अवस्था समेत सिर्जना हुनु नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहमति भएको । मिटरब्याजबाट पीडितहरुले पूर्ण न्याय पाएका दिनलाई उत्सवका रुपमा मनाउने छौं, यो संघर्ष लामो छ । हामीले यो सुरुवात गरेका छौं ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.