जन सरोकार

मृत अवस्थामा आठ जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट आठ जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-११ नवजिवन टोल बस्ने ४६ वर्षीया गंगा कुमाल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१६ स्थित नारायाणी नदीमा सोही महानगरपालिका-११ होपचोक बस्ने मनोज कुमार श्रेष्ठको छोरा १२ वर्षीय मिनोज श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कैलाली, गोदावरी नगरपालिका-८ खुटियापुल मुनि सोही नगरपालिका-९ बल्मि बस्ने ५५ वर्षीय राम बहादुर नेपाली बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै संखुवासभा, सभापोखरी गाउँपालिका-३ सिदेक्पा बस्ने ७५ वर्षीया पञ्‍चमाया राई सोही ठाउँस्थित मजुवा दोभानमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । उता सुनसरी, धरान उपमहानगरपालिका-८ सहिदमार्ग बस्ने ४३ वर्षीय मणि कुमार तामाङ आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यता सिन्धुली, गोलन्जोर गाउँपालिका-६ हैबारबेशीस्थित डेरा गरी बस्ने रामेछाप, रामेछाप नगरपालिका-८ लामाटोल घर भएका ५२ वर्षीय बद्री प्रसाद लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रौतहट, बृन्दावन नगरपालिका-१ भोटिया टोल बस्ने ३५ वर्षीया सेतीमाया तामाङ सोही ठाउँस्थित बाग्मती खोलाको छेउमा रहेको मकै खेतमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

घर नजिकै बाटोमा घाँटी काटिएर घाइते अवस्थामा फेला परेका तामाङका श्रीमान् ३७ वर्षीय तिर्थ वाइवाले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेको बताएपछि खोजी गर्ने क्रममा घाँटी काटिएर मृत्यु भएको अवस्थामा सेतीमायाको शव फेला परेको हो । घाइते तिर्थ वाइवाको सिभिल अस्पताल चपुरमा उपचार भरहेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार हँसिया २ थान फेला पारी बरामद गरेको छ ।

यता ललितपुर, ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थान डेरा गरी बस्ने झापा घर भएकी ३४ वर्षीया अञ्जु लिम्बु आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.