क्रिकेटखेल

दिल्लीलाई ५९ रनले पराजित गर्दै मुम्बई प्लेअफमा

आइपिएलको प्लेअफ समीकरण पूरा

इन्डियन प्रिमयर लिग (आइपिएल) मा मुम्बई इन्डियन्स प्लेअफमा प्रवेश गरेको छ । बुधबार राति भएको कलम दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गर्दै मुम्बई प्लेअफमा प्रवेश गरेको हो ।

मुम्बई प्लेअफमा

योसंगै प्लेअफको समीकरण पूरा भएको छ । मुम्बईको घरेलु मैदान वानखेडे रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकर गुमाएर १ सय ८० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले ७३ रनको अर्धशतकीय पारी खेले भने तिलक बर्माले २७ रन बनाए ।

त्यस्तै रायन रिकेल्टनले २५ रन जोड्दा नमन धिरले अविजित २४ र विल ज्याक्सले २१ रन बनाए । दिल्लीको लागि मुकेश कुमारले दुई विकेट लिए भने दुष्मन्थ चमेरा, कुलदीप यादव र मुस्ताफिजुर रहमानको भागमा समान एक-एक विकेट रह्यो । मुम्बईले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको दिल्ली १८.२ ओभरमा १ सय २१ रनमा अलआउट भयो ।

दिल्लीका लागि समिर रिजभीले ३९ रन बनाए भने भिपराज निगमले २० रन जोडे । यस्तै आशुतोष शर्माले १८ र केएल राहुलले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोरमा रन जोड्न सकेनन् । मुम्बईको लागि मिचेल स्यान्टनर र जसप्रित बुमराहले समान तीन-तीन विकेट लिए भने ट्रेन्ट बोल्ट, दिपक चाहर, विल ज्याक्स र करन शर्माको भागमा समान एक-एक विकेट रह्यो ।

प्रतियोगितामा आज राति ७:४५ बजे गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन् । मुम्बईसंगै प्रतियोगितामा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब किंग्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.