क्रिकेटखेल

चेन्नइसँग पराजित भएसँगै गुजरातको क्वालिफायरको सम्भावना अरु टिममा निर्भर

इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो अन्तिम खेलमा चेन्नई सुपर किंग्सले सानदार जित निकालेको छ । आइतबार भएको खेलमा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८३ रनले पराजित गर्दै चेन्नईले प्रतियोगितामा सुखद अन्त्य गरेको हो ।

आइपिएल

हारसँगै गुजरातले क्वालिफायरमा पुग्ने मौका गुमाएको छ । अब उसको क्वालिफायरको सम्भावना अरु टिममा निर्भर भएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो ।

चेन्नईका लागि डेवाल्ड ब्रेभिसले २३ बलमा पाँच छक्का र चार चौकाको सहयोगमा ५७ रनको अर्धशतकीय पारी खेले भने डिभोन कोन्वेले ३५ बलमा चा चौका र दुई छक्काको मद्दतमा ५२ रन्को अर्धशतकीय इनिंग खेले ।

त्यस्तै उर्भिल पटेलले ३७ रन जोड्दा आयुश महत्रेले ३४, रविन्द्र जडेजाले अविजित २१ र शिभम दुबेले १७ रन बनाए । गुजरातका लागि प्रशिद्ध कृष्णले दुई विकेट लिए भने राशिद खान, साई किशोर र शहारुख खानको भागमा समान एक-एक विकेट रह्यो । चेन्नईले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरात १८.३ ओभरमा १ सय ४७ रनमै अलआउट भयो ।

गुजरातका लागि साई शुदर्शनले सर्वाधिक ४१ रन बनाए भने अर्शद खानले २० रन जोडे । यस्तो शहारुख खानले १९ रन जोड्दा राहुल तेवाटियाले १४, कप्तान शुभमन गिलले १३ र राशिद खानले १२ रन बनाए ।

चेन्नईका लागि नुर अहमद र अन्सुल कम्बोजले समान तीन-तीन विकेट लिए भने रविन्द्र जडेजाले दुई विकेट लिँदा मथिश पाथिराना र खलिल अहमदको भागमा समान एक-एक विकेट रह्यो । जितसँगै चेन्नईले १४ खेलमा आठ अंक जोड्दै पुछारमा रहेर लिगको अन्त्य गरेको छ भने समान खेलबाट १८ अंक जोडेको गुजरातको शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.