कोशीप्रदेश

समाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ : मुख्यमन्त्री पाण्डे 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक एकता र सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

मुख्यमन्त्री पाण्डे

उहाँले आज वक्तव्य जारी गरी नेपाली समाजको विशिष्ट चरित्र समाजिक एकता र सद्भाव भएको भन्दै यसलाई अझै बलियो बनाउँदै हामीले नयाँ बाटो पहल्याउनुपर्ने समय आएको बताउनुभयो ।

विद्यमान विषम परिस्थितिमा संयम, संवाद र एकताको बाटोबाट मात्रै मुलुकलाई निकास दिन सकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ । यही भदौ २३ र २४ गते ‘जेनजी’ युवाद्वारा गरिएको प्रदर्शनका क्रममा भएको मानवीय क्षति र त्यसपछिका सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको अकल्पनीय विनाशबारे दुःख व्यक्त गर्दै वक्तव्यमा जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

यही भदौ २३ को अत्यधिक बल प्रयोगले ठूलो मानवीय क्षति पुर्याएको र त्यसपछिका योजनाबद्ध आगजनी तथा तोडफोडका घटनाले मुलुकलाई स्तब्ध बनाएको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो । गण्डकी प्रदेश सरकार शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वर्तमान परिस्थितिबाट देशलाई निकाल्ने बाटो संवाद र एकता मात्रै रहेको भन्दै मुख्यमन्त्रीले यस पहललाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चारजगत् सबैको सहकार्य अपरिहार्य रहेकामा जोड दिनुभयो ।

युवापुस्ताको आकाङ्क्षा र भावनालाई आत्मसात् गर्दै संवैधानिक रिक्तता सिर्जना हुन नदिई वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।

यही भदौ २३ मा गरिएको अत्यधिक बल प्रयोग र त्यसपछिका घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.