नेताहरुमाथि प्रतिशोधको राजनीति नगर्न कांग्रेसको चेतावनी
विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले छानबिन आयोगका नाममा राहदानी रोक्का गर्ने र देशभित्र हिँड्न नदिने शैली गलत भएको भन्दै प्रतिशोधको राजनीति नगर्न सरकारलाई चेतावनी दिएको छ ।
मंगलबार कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति सार्वजनिक गर्दै भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन नगरी दलमाथि प्रतिशोध भएको भन्दै सचेत गराउनुभएको हो ।
घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रुपमा कथित आयोगको हवाला दिँदै गैरकानुनी, गैर संवैधानिक रुपमा मानव अधिकार, व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुगेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “छानबिन आयोगलाई नभएको क्षेत्राधिकार बिहीन कार्य गर्न गराउन सरकार उद्यत देखिएको र सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनीतिक प्रतिशोध प्रष्ट देखियो।”





प्रतिक्रिया राख्नुहोस्