क्रिकेटखेल

विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासंग १ सय ६ रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणत्मक एकदिवसीय शृंखला अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल अमेरिकासंग १ सय ६ रनले पराजित भएको हो ।

युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनायो ।

अमेरिकाका लागि स्मिथ पटेलले १०० बलमा ९ चौकाको सहयोगमा ७५ रनको अर्धशतकीय पारी खले भने मिलान्ड कुमारले ५० बलमा ६ चौका र दुई छक्कासहित अविजित ७० रन बनाए । त्यस्तै साइतेजा मुक्कामल्लाले ४२ रन जूदा शुवम रन्जानेले १९, आन्द्रियस गौस र शयान जहान्गिरले समान ११-११ रन तथा कप्तान मोनंक पटेलले १० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको भागमा समान एक-एक विकेट रह्यो । अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल ३९ दशमलव १ ओभरमा १ सय ५६ रनमा समेटियो ।

नेपालको लागि दीपेन्द्र सिंह ऐरीले ४० रन बनाए भने आसिफ शेखले ३७ रन जोडे । यस्तै भिम शर्कीले २९, आरिफ शेखले २० र सोमपाल कामीले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अमेरिकाको लागि हर्मित सिंहले छ विकेट लिए भने शुभम रञ्जनेले दुई विकेट लिंदा रुशिल उगारकरको भागमा एक विकेट रह्यो । सिरिजमा नेपाल, अमेरिका र घरेलु टोली यूएईको सहभागिता रहेको छ ।

शृंखला आगामी २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुनेछ । अब नेपालले दोस्रो खेल ३० अक्टोबरमा यूएईसँग, अमेरिकासंग दोस्रो खेल १ नोभेम्बरमा तथा अन्तिम खेल र यूएईविरुद्धको दोसो खेल ५ नोभेम्बरमा खेल्ने कार्यतालिका रहेको छ ।

आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् । नेपाल आइसिसी विश्वकप लिग–२ को अङ्कतालिकामा सातौँ स्थानमा छ । नेपाल १७ खेलमा पाँचमा जित तथा दशमा हारका साथ १२ अङ्क जोडेको छ । दुई खेल वर्षाका कारण हुनसकेको थिएन ।

यस्तै अमेरिका हालसम्म खेलेका २१ खेलमध्ये १५ मा जित र छमा हारका साथ ३० अङ्क जोडेदै शीष स्थानमा स्थानमा छ । त्यस्तै हालसम्म १६ खेल खेलेको युएई भने तीनमा जित र १३ हारसहित छ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.