जापानमा भालुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश पुग्यो
जापानमा आर्थिक वर्ष सन् २०२५ मा भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दश जना पुगेको रेकर्ड गरिएको छ । पछिल्लो समयमा जापानमा भालुसँग सम्बन्धित घटनाहरूमा वृद्धि भएको वातावरण मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा अहिलेसम्म भालु आक्रमणमा एक सय भन्दा बढी मानिसहरु परेका छन् । भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक बर्ष सन् २००६ बाट रेकर्ड राख्न सुरु गरिएकोमा सबै भन्दा बढी पछिल्लो वर्षमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो घटना गत शुक्रबार उत्तरपूर्वी जापानको अकिता प्रान्तको एउटा गाउँमा भालुले ३८ वर्षीय व्यक्तिलाई आक्रमण गरी मारेको थियो ।अकिता प्रान्तमा बासिन्दाहरूलाई भालुको आक्रमणबाट मानिसहरुलाई जोगाउन सेनाको सहयोगको आह्वानसमेत गरिएको छ ।
आक्रमणको अवस्था प्रान्तीय तथा स्थानिय सरकारले नियन्त्रण गर्न नसक्ने स्थितीमा पुगेको गभर्नर केन्टा सुजुकीले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।
छिमेकी प्रान्त इवाटेमा अप्रिल देखि ३० जना भन्दा बढी मानिसहरु भालु आक्रमणमा परेको जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्