जन सरोकार

पाँचथरको ओडारमा भेटिए झापामा लुटिएका हतियार

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको दमक इलाका प्रहरी कार्यालयबाट लुटिएका दुई थान हतियार पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित जङ्गलको ओडारमा फेला परेका छन् ।

आज ०३११०२७३९ सिरियल नम्बरको एक थान इन्सास राइफल र ६२०३८ सिरियल नम्बरको एक थान थ्रिनटथ्री राइफल भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार इलाका प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेर फरार रहेका मिक्लाजुङ–३ का २२ वर्षीय सुशील फियाक लिम्बूलाई प्रहरीले मङ्गलबार दमक–२ बाट पक्राउ गरेको थियो । लिम्बूकै बयानका आधारमा पाँचथर प्रहरीसँग समन्वय गरी हतियार बरामद गरिएको हो ।

बरामद हतियारसँगै इन्सास राइफलको जङ्गी राउन्ड एक थान र एसएलआरको जङ्गी राउन्ड तीन थान प्रहरीले बरामद गरेको जनाएको छ । पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना कसुरमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.