हिरोशिमामा चारसय वर्षभन्दा पुरानो महोत्सव
दोस्रो विश्वयुद्धमा अमेरिकी आणविक बम प्रहारबाट ध्वस्त भएको पश्चिमी जापानको हिरोशिमा शहरमा चार सय वर्षभन्दा पुरानो महोत्सव आयोजना भैरहेको छ ।
समृद्ध व्यवसायको लागि देवताको सम्मान गर्ने परम्पर अनुसार हरेकक वर्ष आयोजना हुने उत्सव एबिसु शहरको तीर्थस्थल र यसको वरपर आयोजना गरिएको छ ।
महोत्सवमा सौभाग्यको आकर्षण मानिने ‘कोमाजारे’ भनिने स्थानीय बाँसका रेक(दाँते)हरू किन्न आगन्तुकहरू तीर्थस्थल नजिकैका स्टलहरूमा लाइनमा बसेका छन् ।
रेकहरू भाग्यका प्रतीकहरू जस्तै एबिसु देवता र जादुई हथौडाले सजिएका छन् जसको मूल्य लगभग ३० डलरदेखि ६०० डलरभन्दा बढीसम्म हुन्छ।
निर्माण व्यवसायमा संलग्न एक २७ वर्षीय व्यक्तिले भने कि उनी तीन वर्ष अघिदेखि उच्चस्तरीय रेक्स किन्दै आएका छन्। उनले अर्को वर्ष कुनै नोक्सान विना राम्रो व्यापार हुने आशा व्यक्त गरे।
आफ्नी आमासँगै घुम्न आएकी एक स्कूले छात्राले रेक सुन्दर रहेको भन्दै आफूहरुले चलाएको कफी पसल फस्टाउनको लागि एउटा किनेको बताइन् ।





प्रतिक्रिया राख्नुहोस्