बिशेषराजनीति

कार्की नेतृत्वको सरकार फिर्ता बोलाउन माग गर्दै राष्ट्रपतिलाई जेनजी समूहको ज्ञापन पत्र

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार फिर्ता बोलाउन माग गर्दै २३ जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन्।

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले भ्रष्टाचार कारबाही, संविधान संशोधन र घाइते उपचारमा सरकारको न्यूनतम अपेक्षा पूरा नभएको भन्दै जेनजी समूहले फिर्ता बोलाउन माग गरेका हुन् ।

बिहीबार जेनजी समूहले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउँदै नयाँ सरकार गठनमा मध्यस्थता गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएका हुन् ।

विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनाव मात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको भन्दै सरकार फिर्ता बोलाउन माग गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनको लागि भएको थिएन, तसर्थ हामी उक्त विद्रोहमा संलग्न २३ जेनजी अलायन्स, घाइते र शहीद परिवार यो सरकारले तत्काल विद्रोही पक्षको माग सम्बोधन गर्नु पर्दछ । अन्यथा यदि सरकारले विद्रोही पक्षको माग पूरा गर्न सक्दैन भने यो सरकारलाई फिर्ता बोलाइ हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीयज्यू समक्ष निवेदन गर्दछौं ।”

यस्तो छ ज्ञापन पत्र :

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.