राजनीति

विरोध प्रदर्शन हिंसात्मक हुन नदिन प्रचण्डको आग्रह

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा भएको विरोध प्रदर्शनलाई थप हिंसात्मक तथा नियन्त्रण बाहिर जान दिन सबै पक्षलाई संयमता अपनाउन अनुरोध गर्नुभएको छ ।

लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता हुनु स्वाभाविक हो भन्नुहुँदै उहाँले सिमाराको घटनालाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नभएको बताउनुभएको छ ।

“राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेतालाई निर्वाधरूपमा हिड्डुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु”, संयोजक दाहालद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

यसैगरी घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा सचेत र जिम्मेवार बन्न सम्बद्ध सबै पक्षसँग उहाँले आग्रह गर्नुभएको छ ।

मुलुकमा विकसित घटनाक्रम र परिस्थितिलाई सामान्य बनाउने सन्दर्भमा आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न स्थानीय पार्टी समितिलाई संयोजक दाहालले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.