राजनीति
कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन जारी, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार
बाराको सिमरामा जेनजी युवाहरुको प्रदर्शनमा झडप भएपछि लगाइएको कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन चर्किएपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न २ राउन्ड हवाई फायर र ६ सेल अश्रुग्यास प्रहार गरेको हो । प्रहरीको व्यापक परिचालन गरिए पनि कर्फ्यु उल्लंघन गरी प्रदर्शन जारी छ ।
प्रदर्शनका क्रममा झडप हुँदा एक डिएसपीसहित आधा दर्जन प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ २ जना घाइते भएको
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी वेदप्रकाश जोशीले बताउनुभयो ।
सिमरामा बुधबार भएको झडपको विषयलाई लिएर आज बिहिबार बिहानदेखि नै तनाव भएको छ । जेनजीले प्रदर्शन चर्काउन थालेपछि दिउँसो पौने १ बजेदेखि कर्फ्यु लगाइएको छ ।





प्रतिक्रिया राख्नुहोस्