राजनीति

वर्तमान सरकारलाई विप्लवको साथ र समर्थन

प्रधानमन्त्री सुशीला कार्की र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने गरी पार्टी दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच बिहीबार भेटवार्ता भएको छ ।

उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बिहीबार बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको हो ।

भेटमा समसामयिक राजनीतिक विषयमा आफ्ना विचार राख्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

महासचिव विप्लवले भन्नुभयो, “विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ, अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ । जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.