जापान

पेट्रोलियमजन्य आपूर्ति सुरक्षित गर्न जापानले नयाँ रणनीति बनाउने

जापान सरकारले मध्यपूर्वको द्वन्द्वका कारण पेट्रोलियमजन्य उत्पादन र आपूर्तिमा पर्नसक्ने सम्भावित असरकाबीच स्थिर आपूर्ति सुनिश्चित गर्न विविध उपायहरु अपनाउने भएको छ ।

‘न्याफ्था’ लगायत पेट्रोलियमजन्य उत्पादनहरूस्वास्थ्य सेवा र कृषि जस्ता विस्तृत क्षेत्रका उद्योगहरूमा प्रयोग हुने गर्दछ। जापानले यस्ता धेरैजसो सामग्रीहरू एसियाली मुलुकहरूबाट आयात गर्दै आएको छ, तर अब विश्वका अन्य स्रोतहरू पनि खोजी गर्ने रणनीति बनाएको छ।

जापान सरकारले मिर्गौला डायलाइसिसमा प्रयोग हुने प्लास्टिकका सामग्री, सिरिन्ज, पञ्जा र एप्रोन लगायतका चिकित्सासम्बन्धी उत्पादनहरूको खरिद प्रक्रियालाई विविधीकरण गर्ने लक्ष्य राखेको छ।

यसका साथै यातायात व्यवसायी, उत्पादक, किसान र माछापालन व्यवसायीहरूका लागि पर्याप्त इन्धन सुनिश्चित गर्ने योजनाहरू पनि तयार पारिँदैछ।

सोमबार प्रधानमन्त्री ताकाइची सानाएले अर्थ, व्यापार तथा उद्योग मन्त्री अकाजावा र्योसेईलाई प्रमुख सामग्रीहरूको स्थिर आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी सुम्पिनुभएको छ।

मन्त्री अकाजावाका अनुसार जापानसँग समग्रमा कच्चा तेलको पर्याप्त भण्डार भए तापनि आपूर्तिमा असन्तुलन र वितरणमा अवरोधहरू देखिएका छन्। उनले कुनै पनि अवरोधबिना आपूर्ति व्यवस्था मिलाउन काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.