राजनीति

तीन एजेण्डामा रास्वपाको सचिवालय बैठक

विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज आइतबार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ ।

पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ बारे छलफल हुनेछ।

आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा तयार पार्न पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाएको थियो।

त्यस्तै बैठकमा महाधिवेशन कार्यविधि २०८३ बारे पनि छलफल हुनेछ। रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरिसकेको छ।

यस्तै रास्वपाले संसदीय दलको विधान संशोधन सम्बन्ध गर्दैछ। आजको बैठकमा त्यसबारे छलफल हुने पार्टी प्रवक्ता मनिष झाले बताबताउनुभयो । झाका अनुसार बैठकमा विविध विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.