राजनीति
राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको दाबी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभएको छ । सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता–कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
साथै उहाँले सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताउदै सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय काम गरेको जानकारी दिनुभएको छ ।
“राप्रपामा रुपान्तरण आवश्यक छ । देश पुस्तान्तरणमा गइसक्यो । अब पार्टी रुपान्तरण गर्ने हो,” उहाँले भन्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्