जन सरोकार

नागढुङ्गाबाट बाहिरिन थाले सवारीसाधन

अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा आजबाट संचालनमा आएसंगै चाप बढेको छ ।

हिजोदेखि रोकिएका सवारी साधनहरु आज बिहानबाट गन्तव्यमा पठाउन थालिएको हो । अहिले नागढुंगा, साँगा, माछापोखरी लगायतका नाकाहरुमा सवारी साधनहरुको चाप छ ।

नेपाल प्रहरीले उपत्यकाबाट बाहिरिने सडकखण्डमा हिजो अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोक लगाएको थियो । यता अवरुद्ध रहेको नारायणगढ मुग्लिन सडकखण्ड पनि केहीबेरअघिबाट दुईतर्फि संचालनमा आएको छ । अहिले पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । जसका कारण जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.