जन सरोकार

सरकारका पूर्वसचिव डा जोशीको निधन

नेपाल सरकारका पूर्वसचिव डा जीवगर जोशीको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उहाँ केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित हुनहुन्थ्यो ।

काठमाडौँ महानगरपालिका–१३ ताहाचल निवासी जोशी नेपालका एक प्रमुख सहरी योजनाकार, दिगो विकासविद् तथा क्षेत्रीय योजनाकार हुनुहुन्थ्यो ।

सहरी विकास मन्त्रालयको सचिव एवं वातावरण मन्त्रालयको सहसचिवलगायतको जिम्मेवारी निभाउनुभएका डा जोशी पछिल्लोपटक पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ इन्भाइरोन्मेन्टल म्यानेजमेण्टसँग आवद्ध हुनुहुन्थ्यो ।

पूर्वसचिव जोशीले अर्बन प्लानिङ इन नेपाल, हाउजिङ एण्ड अर्बन डेभलपमेण्ट इन नेपाल र रिजनल स्ट्रटजीज फर सस्टेनेबल डेभलपमेण्ट इन नेपाललगायतका पुस्तक लेख्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.