राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसलाई कति सजाय ? (सूचीसहित)

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका आरोपितहरूको सजाय निर्धारण गरेको छ । मंगलबार अदालत ले दोषी ठहर भएका आरोपितहरूको सजाय निर्धारण गरेको हो ।

भिजिट भिसा प्रकरण

न्यायाधीश तेजबहादुर खड्काको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएका अधिकांश आरोपी कसुर ठहर गरिएकाहरूलाई सजाय निर्धारण गरेको हो ।

जसमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना निर्धारण भएको छ भने पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई राज्यविरुद्धको कसुर मतियार रहेको भन्दै दुई वर्ष कैद र २० हजार जरिवाना निर्धारण भएको छ ।

उहाँहरुलाई सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठितमा सो सजाय तोकिएको हो ।

सोही मुद्दामा सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठित अपराधमा टेकनाथ रिजलालाई दुई वर्ष कैद र रु २० हजार जरिवाना तोकिएको छ । यस्तै केशवप्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङदेवा शेर्मा र टङ्क नारायाण पाण्डेलाई चार वर्ष कैद तथा रु ४० हजार जरिवाना तोकिएको छ ।

यसैगरी शमशेर मिया, हरिभक्त महर्जन, नीरञ्जनकुमार खरेल र नरेन्द्र केसीलाई एक वर्ष कैद र रु १० हजार जरिवाना तोकिएको छ ।

गत साता न्यायाधीश तेजबहादुर खड्काको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएका अधिकांश आरोपी कसुर ठहर भएका मध्ये सात जनाबाहेक सबै दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतले टोपबहादुरसहित राज्यविरुद्धको कसुरमा दोषी ठहर हुनेहरूमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा‍. इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र आङटावा शेर्पा रहेको फैसला गरेको थियो ।

त्यस्तै, राज्यविरुद्धको कसुरमा मतियार रहेकामा बालकृष्णसहित टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल रहेका छन् । यस्तै यस प्रकरणमा ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये सन्दीप रायमाझी (टोपबहादुर रायमाझीका छोरा), रामशरण के.सी., टंक कुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीले सफाइ पाएका थिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी अधिकारी समेत संलग्न भएको भन्दै मुद्दा चलाइएको थियो ।

२०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.