राजनीति

बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको अपहरणपछि बलात्कार र हत्या गरिएको घटनालाई क्रुर, पाशविक र दानवीय प्रवृत्तिको सङ्ज्ञा दिँदै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बिहीबार बसेको बैठकले बालिका अपहरणमा परेको जानकारी समयमै पाए पनि खोजीकार्यलाई तीव्रता नदिइएको गुनासो गरेको छ ।

बैठकले घटनाबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्दै पीडितलाई न्याय र परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ । बैठकमा कांग्रेस नेता प्रदीप गिरीको स्मृतिमा पार्टी उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले श्रद्धासुमन व्यक्त गर्नुभएको थियो । बैठकमा तीन उपसमितिका संयोजकले आआफ्ना विषयगत नीति तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा यही भदौ ६ गते हुने ‘ग्रिन एन्ड महिला रि–रन’ तथा भदौ ११ गते हुने महिला उद्यमशीलता सम्मेलनको तयारीबारे पनि जानकारी गराइएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.