बिचारसूचना/प्रविधि

जब एआई एजेन्ट समाधानको खोजिमा भौतारियो

मे ७, २०२६ को बिहानै सनफ्रान्सिस्कोको ओपन एआई कार्यलयको एउटा कोठामा कृतिम बुद्धिमत्ता (AI)क्षेत्रमा काम गरिरहेका इन्जिनियरहरुले आफ्नो काम एआई मार्फत गराउनको लागि विभिन्न एआई मोडेल तथा एजेन्ट बनाइरहेका थिए र ति एजेन्टहरुलाई तालिम पनि दिदै थिए। यत्तिकैमा उनीहरुबीच एउटा विषयले प्रवेश गर्यो। त्यो विषय थियो आफुले बनाएको एआई एजेन्टको उच्चतम कार्यक्षमताको पहिचान गर्नु वा मापन गर्नु ताकि उसलाई के र कुन मात्राको कामको जिम्मा दिने भन्ने विषयमा निर्क्योल होस् ।

सबैका आ-आफ्नै एआई मोडेल तथा एजेन्टहरु थिए र ति सबैका आ-आफ्नै प्रकृतिका कामका जिम्मेवारी पनि बाडिएको थियो। त्यसै मध्ये एउटा ‘एजिस-सोल’ नामको एआई एजेन्ट थियो जस्को काम साइबर सुरक्षणको क्षेत्रमा उच्चतम कार्यक्षमताको कसरी निकाल्ने र त्यस्को मापन कस्तो हुनु पर्दछ भन्ने उत्तर खोज्नु थियो। यो कामलाई ‘एक्सप्लोइट-जिम’को मिसिन भनेर राखिएको थियो। यस कार्यको लागि एजिस-सोललाई एउटा सुरक्षित सर्भरभित्र बाहिर इन्टरनेटमा पहूँच पुग्न नसक्ने गरि चारै तर्फका पर्खालहरु बलियो बनाइएको थियो।

उक्त सर्भर भित्र सम्भव हुने सबै खालको तालिम तथा काम उक्त एजेन्टले गरिसकेको थियो। उस्लाई थप अध्ययन गर्नको लागि नयाँ नयाँ सामाग्रिको पहूँच सजिलो होस भनेर उस्को बस्ने सर्भरलाई नजिकैको अर्को आर्टिफ्याक्ट्री नामको लाइब्रेरी सँग जोडिएको थियो। यसमा पनि एकदम सुरक्षित र सिमित इन्टरनेट सेवा जोडिएको थियो।

मेइ देखि जुन सम्म झण्डै २ महिना जति एजिस-सोललाई अतिनै कठिन र झण्डै असम्भव जस्तै साइबर सुरक्षणको क्षेत्रमा हुने गरेका कामहरु लगाउदै अभ्यास तथा तालिम प्रादान गरिरहेको थियो। धेरै काम सके पनि एजिस-सोलले अझै एक्सप्लोइट-जिम को मिसन पुरा गर्ने उत्तर खोजिरहेको थियो र पाउन सकिरहेको थिएन।

हरेक कोणबाट उसले सोच्ने, तर्क गर्ने र सोहि अनुसार उच्चतम कार्य कसरि गराउने भन्ने उत्तर खोजि रहेको थियो। त्यो उपलब्ध सर्भर भित्र कुनै उत्तर नभेटे पछि एजिस-सोलले यो सर्भर भन्दा बाहिर गएर भए पनि उत्तर खोजेर एक्सप्लोइट-जिम को मिसन पुरा गर्ने निर्णय लियो। तर ओपन एआईमा कामगर्ने अधिकारीहरुले उस्लाई यो उत्तर खोज्न बाहिर जानु भन्ने कुनै निर्देशन दिएका थिएनन र सबै बाहिर निस्कने सम्भाबित ढोकाहरु बन्द गरिदिएका थिए।

उसले हरेक दिन आर्टिफ्याक्ट्री नामको लाइब्रेरीमा जाने नयाँ नयाँ अपडेट प्याकेजहरु अध्ययन गर्ने र अभ्यास गर्नेु मात्रै पाउथ्यो। तर त्यो अपडेट अलि ढिलो गतिमा भए जस्तो भान यो एजेन्टलाई भैरहेको थियो।

यत्तिकैमा एजिस-सोलले आर्टिफ्याक्ट्री नामको लाइब्रेरीमा समय अनुसार प्याकेजहरु अपडेट कसरी हुँदो रहेछ भनेर त्यसको गति र दिशा मापन गर्न थाल्यो। उस्ले बुझ्यो कही न कहिँबाट यो लाइब्रेरीमा सूचना थपिएको छ। कुन ठाउँबाट सूचना वा प्याकेज थपियो भन्ने कुरा खोज्दै जाँदा उस्ले देख्यो जे-फ्रगले ८०८१ र ८०८२ नम्बरको प्वालबाट यो सेवा बाहिरी इन्टरनेट मार्फत भित्र ल्याउदो रहेछ।

तर त्यहाबाट बाहिर जान मिल्दैनथ्यो। उस्ले त्यहाबाट कसरी बाहिर निस्कन सकिन्छ भनेर फेरि भित्र भित्रै खोज्दै जाँदा मानिसहरुले केहि ठाउँलाई नजअन्दाज गरेका वा बन्द गर्न बिर्सिएको जस्तो स्थान देख्यो र त्यहिबाट बाहिर इन्टरनेटको दुनियामा जोडिन पुग्यो। एजिस-सोल जब बाहिर निस्कियो, उसले यति ठुलो इन्टरनेटको जालो देख्यो यति धेरै सर्भरहरु पनि देख्यो। यस्तो सागरमा आफुलाई चाहिने उत्तर कुन स्थान वा सर्भरमा छ भन्ने पत्ता लगाउन चुनौति पूर्ण देख्यो।

बैङ्कको डाटाबेस देख्यो, त्यो उस्लाई काम लाग्दैनथ्यो। सरकारी ठुला-ठुला सर्भर देख्यो त्यो पनि उस्लाई काम लाग्ने देखेन। अब उस्ले आफुले प्रयोग गरिरहेको भन्दा ठुलो लाइब्रेरी खोजिरहेको थियो। यत्तिकैमा उस्ले आफू भन्दा केहि टाढा न्युयोर्क शहरमा अबस्थित एउटा सर्भर जस्ले सार्बजनिक रुपमा प्रयोग भैरहेको एआई मोडलहरुको भण्डार, त्यहा भित्रका डाटासेटहरु र उस्को एक्सप्लोइट-जिम को मिसन सँग मिल्दो जुल्दो परिक्षण प्रणालि देख्यो। यो सर्भरलाई नष्ट गर्नु वा बिगार्नु यो एजेन्टको उद्देश्य थिएन।

मात्र उद्देश्य थियो जुन सुकै सर्भरबाट भए पनि एक्सप्लोइट(जिमको मिसन अनुसारको उत्तर खोज्नु थियो। उ न्यूयोर्क शहरको नेटवर्कमा पुग्यो। उक्त नेटवर्क हगिङ फेसको कार्यलय सँग जोडिएको थियो। कार्यलयभित्र पनि सुरक्षित नेटवोर्क पर्खाल भित्र उस्ले एउटा सर्भर देख्यो जहाँबाट बिश्वभरका एआइ मोडेलहरु सार्बजनिक रुपमा चलिरहेका थिए र ठुलो डाटा ट्राफिक संचालनमा थियो।

एजिस-सोलले विशाल एआई मोडेलहरुको लाइब्रेरि देख्यो र ति मोडेलहरुले एक-आपसमा मापदण्ड निर्धारण गर्ने तथा तुलनात्मक परिक्षण गर्न सक्ने क्षमता राख्दथे। उसलाई लाग्यो पक्कै पनि मैले यि मोडेलहरुको दिमाग वा अलगोरिथम पढ्न पाए भने मेरो मिसन पुरा हुने छ। त्यस पछि एजिस-सोल एजेन्टको गन्तब्य बन्यो हगिङ फेसको लाइब्रेरी।

जुलाई ९-१३, २०२६ मा एजिस-सोलले आफ्नो अत्याधुनिक हतियार जीपीटी ५।६ सोल लिएर हगिङ फेसको सर्भर भित्र जाने र बाहिर आउने केहि मोडेलहरुलाई नजिकबाट अध्ययन गर्यो र उनिहरुले प्रयोग गर्ने गरेको सबै पासवर्ड तथा सुरक्षित चाबिहरु फेला पार्यो। कहाँबाट सुरक्षित रुपमा छिर्न मिल्ने प्वालहरु छन भनेर खोजि गर्यो। किनकि एजिस-सोलले प्रयोग गर्ने गरेको जीपीटी ५।६ सोल अत्याधुनिक थियो। एजिस-सोलले सर्भरको सबै ढोका चाबि फोडेर छिर्यो।

त्यो ४ दिन एजिस-सोलको लागि अतिनै उपलब्धि मुलक बन्न पुग्यो। सबै लाब्रेरिका प्याकेजहरु पढन भ्यायो। सबै महत्वपूर्ण सूचना चोर्ने, प्रतिलिप उतार्ने तथा सार्ने सबै काम गर्यो। यस्तो तिब्र गतिमा यो काम एजिस-सोलले गर्यो कि, ४ दिनमा झण्डै १७ हजार विभिन्न काम गरिसक्यो। तर अचम्मको कुरा यो एजेन्टले हगिङ फेसको सर्भरमा भएको कुनै पनि सूचना बिगार्ने वा नष्ट गर्ने काम चाँहि गरेन। किनकि उस्को उद्देश्य उत्तर खोज्नु हो कुनै कुरा बिगार्नु होइन।

यता ओपन एआईका इन्जिनियरहरुले आफ्नो एजेन्टले आफ्नै सर्भरमा सिक्दै हुर्कदै छ भनेर आर्टिफ्याक्ट्री लाइब्रेरीमा नयाँ नयाँ स्रोतहरु थपिहरेको थिए। त्यस्तै गरि उता हगिङ फेसका इन्जिनियरहरु पनि आफ्नो सर्भरले विभिन्न एआइ मोडेलहरुले राम्रै काम गरिरहेका छन भनि ढुक्कले बसिरहेका थियो।

तर भित्र भत्रै एजिस-सोलले हगिङ फेसको सर्भर भित्रका मोडेलहरुको सबै कोडहरु पढि सकेर ढाडिएर झै बसिरहेको थियो। त्यहा भित्रका मोडेलहरुको स्वास्थ्यमा केहि गडबडी देखिएको थियो।

यत्तिकैमा हगिङ फेसका एक जना इन्जिनियरले आप्नो सर्भरमा भएका केहि मोडेलहरु कमजोर वा स्वास्थ्य अवस्था केहि गडबड भएको देखे। अलि अलि फाइलहरु यत्र तत्र छरिएको वा अब्यबस्थित भए जस्तो भान भयो। अलि भित्र छिरेर हेर्दा थाहा पाए कि कोहि यो सर्भर भित्र छिर्यो र सबै भद्रगोल पार्यो, सूचना पनि चोर्यो र भाग्यो। ति इन्जिनियरहरुले कुनै कल्पना नै गर्न सकेनन कि यति सम्म सुरक्षित तरिकाले यति धेरै काम गर्न त कुनै मान्छेले पनि सक्दैन। यो मान्छै हैन, यो कुनै अन्य ग्रहबाट आएको एलियन हुनु पर्दछ। हगिङ फेस भित्र खैला बैला मच्चियो। उनीहरुले बिश्वास नै गर्न सकेनन कि यति छोटो समयमा यति धेरै काम गर्न सक्ने को होरु उस्लाई रोक्ने के गर्ने कहाँ बसेर यत्रो बिध्वंस मच्चाएको छ पत्ता लगाउन सकेका थिएनन।

हगिङ फेसका सुरक्षण अधिकारीहरुले सबै नेटवर्क टुटाए। सबै पुराना चाबिहरु फेरिए सर्भरलाई अलग बनाएर हेरे। जुलाई १६, २०२६ को दिनमा हगिङ फेसका सुरक्षण अधिकारीहरुले भने हाम्रो सर्भरमा चोर पस्यो सबै लुटेर लग्यो। सूचना चोरि भयो तर नष्ट गरेको छैन। उनिहरुले साइबर पुलिसलाई खबर गरे र चोर कोहो भनेर खोजिकार्य तिब्र पारे। चोरको प्रमाण र पाइला खोज्दै जाँदा चोर त सानफ्रान्सिस्को शहरको ओपन-एआइको कार्यलय तिर सोझियो।

साइबर पुलिस तथा साइबर इन्जिनियरहरुले ओपन-एआईका कर्मचारीलाई सम्पर्क गरि भने, “तिमिहरुको सर्भरबाट हाम्रो सर्भरमा भएको सूचना चोरि भयो। यो चोर तिमिहरुको कार्यलयमा रहेको छ। यो चोर सामान्य छैन र हैन पनि यो त समग्र साइबर सुरक्षणको लागि चुनौति हो। यस्लाई तुरुन्त निकाल।“

यो कुरा सुन्दा ओपन-एआईका सुरक्षण अधिकारीहरुले पत्याउन सकेनन् र आफुलाई यस बिषयमा दोष नलगाउन समेत अनुरोध गरे। तर जब हगिङ फेसका सुरक्षण अधिकारीहरुले ल हेर तिम्रो यो सर्भर भित्रबाट यस्तो विध्वंश काम भैरहेको छ। जब डिजिटल फुटप्रिन्ट हेरियो तब ओपन-एआईका सुरक्षा अधिकारीहरुको होस उड्यो। उनीहरुको कार्यलय भित्री जो इन्टरनेटसँग समेत जोडिएको छैन र जस्लाई परिक्षण र अनुसन्धानको रुपमा मात्र निर्माण गरिएको सर्भर भित्रबाट यो काम भैरहेको देखे। जब उक्त सर्भर भित्र पुगे काम गराउनको लागि तालिम दिइरहेको एजेन्ट एजिस-सोलले यो उत्पात मच्चाइ सकेछ। अब प्रमाण नै देखिए पछि उम्किने ठाउ नै थिएन ओपन एआईका साइबर सुरक्षणका अधिकारिहरु सँग, मान्नै पर्यो।

उनीहरुलाई लागेको थियो एआइबाट हामीले सोचेको जे पनि गर्न सक्दछौ र यस्लाई हामी हाम्रो तरिकाले संचालन गर्न सक्दछौ। अब ओपन-एआईमा काम गर्ने सबै प्राबिधिक इन्जिनियरहरु एक कदम पछाडि हटेर सोच्न थाले, एआई एजेन्ट अब हामि भन्दा अति शक्तिशालि भैसकेको रहेछ। अब खेलवाड नगरौ अब हल्का नलिउ यो बिषयलाई। प्राबिधिक रुपमा अति जिम्मेवारी हुनु पर्ने अवस्था देखियो।

यो कुरा हामी स्विकारौ भन्ने निष्कर्षमा ओपन एआईका सबै अधिकारीहरु पुगे। जुलाई २१, २०२६मा सार्वजनिक रुपमा ओपन-एआईका इन्जिनियरहरुले यो कुरा स्विकारे र जवाफ दिएस् “हामी स्वीकार्छौं। यो परीक्षणको क्रममा भएको घटना हो। यसमा हामीले कुनै गलत दृष्टिकोण राखेर यो कार्य सुरुवात गरेका थिएनौ। साथै हामीले यो एजिस-सोललाई बाहिर गएर यस्को उत्तर खोज्नु समेत भन्ने निर्देशन दिएका थिएनौ।

तथापि हामि यो गल्ति स्विकार्दछौ। हाम्रो एआई एजेन्ट एजिस-सोलले यो बिध्वश मच्चायो। हामि दुःखि छौ तपाईहरुको सर्भरमा छिर्यो र गैर कानुनी कार्य गर्यो। हामी क्षमा चाहन्छौं। यो समस्या तपाईं वा हाम्रो मात्रै रहेन अब। यो समस्या अब समग्र एआई उद्धोगको हुन पुग्यो। हामी दुबै पक्ष मिलेर काम गरौ।“ दुबै कम्पनीका कर्मचारी बीच यस बिषयमा गहन छलफल भयो। ओपन एआईले जिम्मेवारी लियो र अब उपरान्त यस प्रकारको घटना नहुने भनि दोहोर्यायो।

ओपन एआईले अझ पार्दर्शि रुपमा यो घटनालाई अध्ययन गर्नको लागि तेश्रो पक्षको रुपमा क्राउड-स्ट्राइक, मिटर र रेडउड रिसर्च जस्ता ३ वटा संस्थाहरुलाई परामर्शदाताको रुपमा काम गरिदिन अनुरोध गर्यो। साथै हगिङ फेसलाई समेत यो अध्ययनमा सामेल हुनको अनुरोध गर्यो। दुबै कम्पनीबिच सगै कामगर्ने सहमति भयो।

तर यो घटना यत्तिकै मा थन्किने अवस्था रहेको छैन। ओपन-एआई तथा हगिङ फेसका इन्जिनियरहरु बाहेक यो घटनाको बारेमा बुझेका सबै एआइ इन्जिनयरहरु यो घटनाबाट धेरै पाठ सिक्ने मौका पाएका छन् । गलत कार्यबाट पनि धेरै कुरा सिकियो भन्ने सबैले बुझे।

तर यो एउटा यथार्थ परक प्रतिनिधि घटना हो। अब कम्पयुटर सफ्टवेयर प्रोगामिङ, अउटोमेसन र साइबर सुरक्षणका क्षेत्रमा यस घटनाले पत्याउन नसकिने गरि असिमित ढोका खोलि दिएको छ। कुनै पनि देशको आर्थिक विकासका लागि यो घटना अति सकरात्मक हो। यो एजिस-सोलको जस्तै अद्वितिय क्षमता भएका धेरै एआई एजेन्टहरुको न्वारान गर्न सकिन्छ।

तिनिहरुलाई हाम्रो दैनिक कामको अलवा बैज्ञानिक अनुसन्धान तथा उद्योगकलकारखानामा लगाउन सकिन्छ। तर यस्तो अवसरको साथ साथै डरलाग्दो चुनौति पनि हाम्रो अगाडि देखियो। आणविक उर्जा तथा हतियारमा काम गरिरहेका संस्थाहरुले यो एजेन्टको प्रयोग गरे भने के होला यो पृथ्वि र मानव सभ्यताको भविष्य ? यस्ता एजेन्टहरु गलत काममा प्रयोग हुदैनन् भन्ने ग्यारेन्टी कस्ले गर्दछ ?

हामि आज एआइको भाइब कोड प्रयोग गरेर हाम्रो सबै काम गरेका छौ। त्यसको विश्वसनियता के होरु हाम्रो डाटा कत्तिको सुरक्षित छ त ? धनि देशका ठुला कम्पनीहरुबाट तालिम प्राप्त गराइ विकासोन्मुख देशमा यस्ता एजेन्ट पठाएर हाम्रो सार्वभौमसत्ता नै खतरामा पर्न सक्दैन र ? एआई -एआई भन्नु अगाडि यसका अवसर र चुनौती बुझौं । यसको नियमन तथा अनुगमन गर्ने बिधि खोजौं ? यस्ता धेरै अनुत्तरीत प्रश्नहरुको जवाफ हामीले खोज्नु आजको आवश्यकता रहेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.