जन सरोकार

भोटेकोशी बाढी : काठमाडौँका अस्पतालमा ५८ घाइते उपचाररत, १०२ ‘डिस्चार्ज’

रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी घाइते भएकामध्ये ५८ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार १०२ जना घाइते उपचारपछि घर फर्किएका छन् ।

बाढीपछि उद्धार गरी उपचारका क्रममा काठमाडौँ ल्याइएका १६२ घाइतेमध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको छ । एक जनाको राष्ट्रिय ट्रमा सेन्टर र अर्काेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना, वीर अस्पतालमा पाँच जना, ह्याम्समा एक जना, नर्भिकमा एक जना, प्रसूतिगृह थापाथलीमा दुई जना, ग्राण्डीमा दुई जना, सशस्त्र प्रहरी अस्पतालमा एक जना, मनमोहन अस्पतालमा एक जना र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक जना उपचाररत रहेका ती अस्पतालले जनाएका छन् ।

बाढीमा परी घाइते भएका व्यक्तिलाई काठमाडौँका त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, ग्रीनसिटी अस्पताल, हेम्स, नर्भिक, वीरेन्द्र सैनिक अस्पताल, प्रसूतिगृह, सशस्त्र प्रहरी अस्पताल, मनमोहन मेमोरियल, ग्राण्डी, मनमैजु शुभम, बयोधा अस्पताल र नेपाल मेडिकल कलेजलगायतमा ल्याइएको प्रहरीले बताएको छ ।

त्यसैगरी बाढीमा परी मृत्यु भएका तथा फेला परेका शवमध्ये ९९ वटा शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको प्रहरीले जनाएको छ । अस्पतालमा ९७ वटा शव ल्याइएकामा उपचारका क्रममा मृत्यु भएका दुई जनाको शवसमेत थपिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता थापाका अनुसार त्रिवि शिक्षण अस्पतालमा ल्याइएका शवमध्ये ९३ वटाको ‘पोस्टमार्टम’ भएको छ भने छ वटा शवको ‘पोस्टमार्टम’ गर्न बाँकी छ । ‘पोस्टमार्टम’ गरिएकामध्ये १२ वटा शव आफन्तले बुझेर लगिसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.