जन सरोकार

भोटेकोशी बाढी : जुम्लाका २८ जना सम्पर्कमा आए

रसुवा बाढीपछि हराइ रहेका जुम्लाका नागरिकमध्ये हालसम्म २८ जना सम्पर्कमा आएका छन् । सबैभन्दा बढी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका ७६ जनामध्ये हालसम्म २३ जना मात्र सम्पर्कमा आएकोे गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले स्थानीय तहबाट प्राप्त विवरण अनुसार कामको लागि जुम्लाबाट रसुवा पुगेका ९९ जनाको नाम ठेगाना पुष्टि भएको छ । बाढीपछि हराइ रहेकामध्ये थप पाँच जना सम्पर्कमा आएका भए पनि ठेगाना प्रमाणित गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी प्रसाईको भनाइ छ ।

जिल्लाबाट कामको शिलसिलमा रसुवा पुगेका अधिकांश पूरुष रहेका छन् । सम्पर्कविहीन यहाँका ७१ जना नागरिकको खोजी र उद्धारकार्यको लागी सम्बन्धी निकायसंग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताउनुभयो ।

सम्पर्क विहिनका आफन्तले खोजी कार्यका लागि स्थानीय प्रशासन मार्फत हारगुहार गरिरहेको पातारासी गाउँपालिका पदाधिकारीले जनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.