पुनःनिर्माणमा नेपाल–चीन सहकार्यबारे रवि लामिछाने र चिनियाँ राजदूतबीच छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले आज भेटवार्ता गर्दै भोटेकोशी बाढीबाट उत्पन्न मानवीय तथा भौतिक क्षति, जलवायु परिवर्तनका बढ्दो असर र विपद् व्यवस्थापनमा नेपाल–चीन सहकार्यका विषयमा छलफल गर्नुभएको छ।
सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा राजदूत झाङले तिब्बत क्षेत्रमा गएको हिमपहिरोपछि भोटेकोशीमा आएको भीषण बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
राजदूत झाङले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै यस्ता विपद्को सामना गर्न नेपाल र चीनबीच सूचना आदानप्रदान, पूर्वतयारी तथा विपद् व्यवस्थापनमा सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
उहाँले विपत्तिपछि चीनले खोज तथा उद्धार कार्यका लागि उद्धार टोली, डीएनए विशेषज्ञसहितका प्राविधिक जनशक्ति परिचालन गरेको, आवश्यक सामग्री उपलब्ध गराएको तथा राहत, पुनःस्थापना र पुनःनिर्माणमा निरन्तर सहयोग गरिरहेको जानकारी दिनुभयो।
नेपाललाई आपत्कालीन नगद सहायता, मानवीय राहत सामग्री तथा पुनःनिर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि चीनले दोहोर्याएको उहाँको भनाइ थियो।
राजदूत झाङले विपद्को पूर्ण व्यवस्थापन नभएसम्म नेपाललाई आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्न चीन तयार रहेको बताउँदै पुनःनिर्माणसम्मको यात्रामा चीन नेपालको साथमा रहने विश्वास व्यक्त गर्नुभयो।
सभापति लामिछानेले विपद्को कठिन घडीमा चीनले गरेको खोज तथा उद्धार, राहत, प्राविधिक सहयोग र आर्थिक सहयोगको प्रतिबद्धताप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको विपद् जोखिमलाई मध्यनजर गर्दै विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, पूर्वाधारको पुनःनिर्माण तथा क्षम




प्रतिक्रिया राख्नुहोस्