त्रिशूली–३ ‘ए’ सुरुङबाट एकजनाको जीवित उद्धार, उद्धार अभियानका लागि बढ्यो हौसला
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एकजनाको सकुशल जीवित उद्धार गरिएको छ । यो सफलताले सुरुङभित्र अझै फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्यमा पनि सकारात्मक ऊर्जा थपिएको विश्वास गरिएको छ।
सांसद तथा इञ्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको हो। सुरुङभित्र अझै अन्य व्यक्ति रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार पहिलो जीवित उद्धारको सफलताले उद्धार टोलीलाई थप आत्मविश्वास प्रदान गरेको छ। यसले हाल सञ्चालनमा रहेका अन्य उद्धार प्रयासलाई पनि हौसला मिलेको छ भने सुरुङभित्र रहेका अन्य व्यक्तिलाई सुरक्षित रूपमा बाहिर निकाल्न सबै उपलब्ध स्रोत र जनशक्ति परिचालन गरिएको छ।
उद्धार गरिएका साहलाई आवश्यक उपचारका लागि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ भने सुरुङभित्र रहेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको छ।





प्रतिक्रिया राख्नुहोस्