जन सरोकार

बाबु सम्पर्कविहीन : चार सन्तान विचल्लीमा

सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उहाँका चार सन्तान विचल्लीमा परेका छन् ।

आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्युु भएको र १० दिनदेखि बुबा पनि सम्पर्कविहीन भएपछि हामी दुई दाजुभाइ र दुई दिदीबहिनी विचल्लीमा परेको उहाँको कान्छी छोरी नौ वर्षीया विभा सदाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई महिनाअघि बुबा त्रिशूली जलविद्युत् पावर हाउसमा कामदारका रूपमा काम गर्दै आउनुभएको थियोे । आमा बिरामी हुँदा उपचार गर्ने क्रममा ऋण लागेपछि रोजगारीका लागि त्यहाँ जानुभएको थियोे ।

“हामी कसको साहारामा बस्ने ?” विभा सदाले भन्नुभयो । अठार र २० वर्षका दुई दिदीहरूको विवाह भइसकेको छ । तेह्र वर्षीय छोरा सुभाष सदा आफन्त सहयोगमा बाबुको खोजीमा रसुवा जानुभएको छ ।

त्रिशूली थ्रिवि पावर हाउसमा कामदारका रूपमा कार्यरत बेचन सदासँगै सोही ठाउँका सुुरेन्द्र सदा र शिवकुमार सदा रसुवाको भोटेकोशीमा आएको बाढीपछि १० दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ ।

शिवकुमार सदाको चार जना छोराछोरी छन् । उहाँको बुबाआमा बूढाबूढी हुनुहुन्छ । पत्नी पनि बिरामी भएकाले घरको एक्लो साहार सम्पर्कविहीन हुनुभयो ।

सात जना परिवारको आहारासमेत खोसिएको उहाँकी पत्नी गुडिया सदाले बताउनुभयो । सुरेन्द्र सदाको पनि तीन छोराछोरी छन् । कमाउने साहारा सम्पर्कविहीन भएपछि घरमा चुहो बल्न छोडेको छ । पत्नी द्रोपतीदेवी सदाले बताउनुभयो ।

सोही ठाउँका सोही पावर हाउसमा कार्यरत अरूण सदा बाढी आउनुभन्दा एक हप्ता अगाडि घर आउनुभएको थियोे । पुनः त्यहीँ जाने तर्खरमा हुनुहुन्थ्यो । अचानक बाढी आएको सुनेपछि जान रोकिनुभएको थियो । यस सदा (मुसहर) बस्तीका तीन जना युवा सम्पर्कविहीन भएसँगै उक्त टोल शोकमा डुबेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.