जन सरोकार

रसुवा बाढीका २१ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये एक भारतीयसहित २१ घाइतेको अहिले त्यहाँ उपचार भइरहेको जानकारी दिनुभयो ।

उक्त अस्पतालमा अशोक श्रेष्ठ, बलबहादुर घर्ती, मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, रामप्रसाद थारु, रिता डोल्चा, ऋतु डङ्गोल, सुरुची राना मगर, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, सङ्गीता तामाङ, सिजल थापा क्षेत्रीको उपचार भइरहेको छ ।

यस्तै, सितार तामाङ, मनिषा उचाई मगर, श्रीकेशकुमार यादव, चण्डिका श्रेष्ठ, कृष्ण श्रेष्ठ र सनम पाल्मोको समेत उपचार भइरहेको छ । यस्तै, भारतीय नागरिक नवलेश शर्माको पनि उक्त अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा रहने मध्ये पवित्र कार्की, पेमा तामाङ र चण्डिका श्रेष्ठलाई आईसियुमा तथा मीनबहादुर श्रेष्ठ र राजेन्द्र भट्टको हाई केयर यूनिटमा उपचार भइरहेको प्रवक्ता डा सेढाईंले बताउनुभयो ।

उक्त अस्पतालबाट हाल उपचार गरेर ५५ जना डिस्चार्ज भएका छन् । यस्तै चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा सेढाईंले बताउनुभयो । उक्त अस्पतालमा ल्याएका मध्ये २५ वर्षीय कुशल मगरको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.