क्रिकेटखेल

बाबर हायातको शतकीय पारीमा हङकङद्वारा नेपाल सामू जितको लागि २६२ रनको लक्ष्य

बाबर हायातको शानदार अविजित शतकको मद्दतमा मलेसियामा जारी एसिसी प्रिमियर कपमा हङकङले नेपाल सामू जितको लागि २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो । हङकङले बाबरले १२७ बलमा ७ चौका र ७ छक्का मद्दतमा अविजित रहँदै ११७ रनकोशतकीय पारी खेले भने एहसान खान ३४ रनमा नटआउट रहे ।

१३३-७ को अवस्थामा रहेको हङकङका लागि यी दुईले १२८ रनको अविजित साझेदारी बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने शेर मल्लको भागमा ३ विकेट रह्यो ।

यस खेलमा नेपालसामु समूह विजेता बन्ने मौका छ । जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ । नेपाल ताजा स्थितिमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो । नेपाल आजको खेलमा पनि सहज जित दर्ता गर्ने योजनामा छ ।उता हङकङले भने तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको छ ।

हालसम्म एकदिवसीय क्रिकेटमा हङकङविरुद्ध नेपालको भेट चारपटक मात्र भएको छ । जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ । यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ ।

नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो । नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहोर्याउने सोचमा छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.