क्रिकेटखेल

एसिसी प्रिमियर कप : नेपाल हङकङसँग १५ रनले पराजित

नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने

काठमाडौँ, २३ भदौः मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ ।

जितको लागि हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव १ ओभरमा सवै विकेट गुमाउदै २४६ रनमा समेटियो । नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए ।

उनले १०६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ९० रनको योगदान गरेका हुन । त्यसैगरी आसिफ शेखले ४४, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए ।

बलिङतर्फ हङकङका लागि एइजाज खानले ४ विकेट लिए । त्यस्तै यासिम मुर्तजाले २ विकेट लिँदा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनाएको थियो । उसका लागि बाबर हायातले १२७ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ११७ रनको योगदान दिएका हुन । त्यस्तै एहसान ३५ रनमा अविजित रहँदा शाहिद वासिफले ४५ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट लिए । जितसँगै नेपाल समूह विजेता र हङकङ उपविजेता बन्दै प्रतियोतिगाको सेमिफाइनलमा पुगेका छन् ।

अब नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ । ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

नेपाल भने समूह ‘ए’ को विजेता बनेक हो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएपनि रनरेटमा अघि रहँदै नेपाल समूहको विजेताकै रूपमा रहेको हो । यता समूह उपविजेता बनेको हङकङले भने सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.