जल/वातावरण

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपाल नजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ । मधेस प्रदेशका केही स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले अपराह्नसम्म मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । केही समयअघि महाशाखाले विशेष मौसम बुलेटिन निकालेर यस्तो जानकारी दिएको हो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.