क्रिकेटखेल

एनपिएल : काठमाण्डुले टस जितेपछि कर्णाली ब्याटिङ गर्दै

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज कर्णाली याक्सविरुद्धको खेलमा काठमाण्डु गोर्खाजले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिला बलिङ रोजेका छन् ।

प्रतियोगितामा कर्णालीले तेस्रो खेल खेल्दा काठमाण्डुको भने दोस्रो खेल हो ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले आज लगातार तेस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । यसअघि कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो ।

कर्णालीले लगातार दुई खेलमा विजयी हुँदै चार अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । यता करण केसीको कप्तानीमा रहेको काठमाण्डु पहिलो जित निकाल्ने योजनामा रहेको छ । काठमाडौँ पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.