राजनीति
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा उहाँहरूबीच नेपाल-बेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटका अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) लगायत विषयमा सहयोग र सहकार्यबारे छलफल भएको थियो ।
यसैगरी, दुई देशबीच आपसी हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा गोर्खा सैनिकको पेन्सनसम्बन्धी विषयलगायत विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । (रासस)




प्रतिक्रिया राख्नुहोस्