परराष्ट्र मन्त्रालयका सचिव राईको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव मिस्री नेपाल आउँदै
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
भ्रमणका क्रममा परराष्ट्र सचिव राइले भारतका विदेश सचिव मिस्रीसँग द्विपक्षीय छलफल गर्नुहुने परराष्ट्र मन्त्रालय जनाएको छ । छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् ।
यसबाट दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको छ । भ्रमणका क्रममा भारतका विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय जनाएको छ ।
विदेश सचिव मिस्री कात्तिक १९ गते काठमाडौंँबाट नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ ।(रासस)




प्रतिक्रिया राख्नुहोस्