स्वास्थ्य

जुम्लामा ‘इएनटी’ स्वास्थ्य शिविर, एक हजार लाभान्वित

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिड्स नेपालको सहकार्यमा सञ्चालित नाक कान तथा घाँटी (इएनटी) स्वास्थ्य शिविरबाट एक हजार ३७ जना लाभान्वित भएका छन् ।

स्वास्थ्य शिविर

शिविरमा जाँच गरेकामध्ये ४३ जना बिरामीको शल्यक्रिया गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनम्र विष्टले जानकारी दिनुभयो । प्रतिष्ठानको शल्यचिकित्सा क्षमता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने प्रतिष्ठानका निर्देशक विष्टको भनाइ छ ।

भौगोलिक विकटताका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका कर्णालीका नागरिकलाई घरमै विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध हुनु महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाशचन्द खत्रीले बताउनुभयो ।

यही कात्तिक १२ गतेदखि सञ्चालन भएको सो स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.