बिशेषराजनीति

दानबहादुर कार्कीले आईजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा पेस गरेको रिट निवेदन दर्ता

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी महानिरीक्षक (आईजीपी) मा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ ।

आईजीपी कार्कीले पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार रिट पेस गर्नुभएको थियो । उहाँले रिटमा आफूलाई गैरकानुनीरुपमा प्रहरी महानिरीक्षकबाट हटाएको उल्लेख गर्नुभएको छ ।

सर्वोच्चमा रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी भने तोकिएको छैन । गत कात्तिक १८ को मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यस्तै सरकारले नयाँ आईजीपीमा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.